9841149087

सिद्धगुफा धार्मिक
प्रर्यटकीय क्षेत्र विकास समिति.
बगनासकाली ५ रामनदी धाम पाल्पा

हाम्राे बारे


परिचय

पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट करिब ३० किलो मिटर उत्तर बुटवलबाट ६५ किलो मिटर र पोखराबाट ९२ किलो मिटरको विचमा पर्ने लुम्विनी प्रदेश पाल्पा जिल्ला बगनासकाली ५ राम्दी स्थित  सिद्धार्थ राजमार्ग देखि २०० मिटर उत्तरमा अवस्थित यस ऐतिहासिक सिद्धगुफा पर्दछ । हिन्दु र्धमावलम्बीहरुको धार्मिक धरोहर र पवित्र स्थल काली गण्डगीको तट जहाँ सत्य युगमा कर्दम ऋषि देबहुतीका सुपुत्र कपिलमुनीले त्रेतायुगमा राम सिता र हनुमानले द्बापर युगमा बलरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । आज भन्दा २ हजार ५० बर्ष अगाडी गोपिचन्द्र भर्तृहरिले पनी यसै धाममा तपस्या गरेका थिए । यस कारण यो स्थल भगवान देबी देवता र ऋषी महर्षीहरुको पवित्र तपोभुमि अर्थात देव स्थल हो भन्न सकिन्छ । लोकश्रुतीका अनुसार भगवान श्रीरामले  यहाँ स्नान गर्ने गर्थे त्यसैले यस नदिलार्इ रामनदि भन्ने गरिन्थ्यो पछि अपभ्रम्शको रुपमा राम्दी भएको मानिदै आएको छ । मुत्तिनाथ क्षेत्रबाट  शुरु भएको काली गण्डकीको उद्गम स्थल दामोदर कुण्ड हो । यसरी काली गण्डकी मुस्ताङ जिल्लाको मुत्तिनाथ क्षेत्र देखि चितवनको देवघाट सम्म आएर नारायणी नदीमा समाहीत भएकी छिन । कालो रङको शालिग्राम पार्इने हुनाले काली गण्डकी अर्थात कृष्ण गण्डकी भनिन्छ । शालिग्राम शिला साक्षात् नारायण अवतार हुन्। यिनको प्राणप्रतिष्ठा गर्नुपर्देन ल्याएर भत्तिभावका साथ पूजाअर्चना गरेमा कल्याण हुन्छ भन्ने शालिग्राम माहात्म्यमा उल्लेख छ। यस प्रकारको शालिग्राम यस काली गण्डकीमा मात्र पार्इन्छ । यहाँ काली गण्डकी उत्तरबाहीनी भएर प्रवाहित भइकी छिन् । उत्तर दिशा भन्नाले हिमालय वा सेरोफेरो को भाग भन्ने बुझिन्छ । देवी देवताहरु र ऋषि तपसीहरुको बासस्थान उत्तर भुमि हो । महादेवको कैलास क्षेत्र पनि यसै हिमाली भुभागमा पर्दछ । यसरी उत्तर मुख गर्नु र उत्तर फर्केर पुजा आजा गर्नुलार्इ शुभ फल दिने  रुपमा लिर्इन्छ । स्वय‌म नदी नै उत्तरमुखि भएर बहेको स्थानमा धर्म कर्म गर्नु पुराण लगाउनु यज्ञ होम गर्नु कल्याण हुन्छ भन्ने शास्त्रीय बचन रहेको छ । त्यसैले यस रामनदिधाम दिव्यधामको रुपमा लिन सकिन्छ । 

तत्कालीन पाल्पाका राजा मणी मुकुन्द सेन वि स १५५५ १६२२ को राज्यकाल र सुनादी भट्टरार्इहरुको वशावलीको आधारमा यसै समयमा यस सुनगुफा सिद्धबाबा पत्ता लागेको भनार्इ छ ।सुनादी  भट्टरार्इहरुका पुर्वज केशव भट्टरार्इ लार्इ राजा मणि मुकुण्ड सेनले यो सुनादी क्षेत्र रजबन्धकीको रुपमा दिएका रहेछन्। ती केशव भट्टरार्इले  गार्इ बाच्छा हेरचाहको लागि सुनविर माझी लार्इ गोठालो राखेका रहेछन ।ती सुनबीर माझी सिद्धका भत्त रहेछन । एक दिन सुनविर माझी चरा जस्तै उडेर यस गुफा भित्र पसी अलप भएछन । यसरी सुनगुफा सिद्धबाबा नाम रहन गएको भन्ने भनार्इ छ । त्यस समय देखि सुनादीका पूर्वजहरुले प्रत्येक पूर्णिमाको दिन दुध धार दिने गर्थे त्यो अहिले सम्म चलिरहेको छ । यस गुफामा आउन कठिन थियो रसी मा झुन्डीएर पूजा गर्न जान्थ्ये पछी वि स १९६५ मा झोलुङ्गे पुल बनाउँदा गुफा सम्म बाटो बन्यो । त्यस पछी पूजा  गर्न केही सहज भयो ।वि स १९६५ देखी यहाँ अखण्ड धुनी हाल  सम्म जलीरहेको छ । यस गुफा भित्र करीब ५ मिटर तल फराकिलो ठाउ छ । त्यहाँ बिभिन्न देवि देवताका मुर्तिहरु छन् जलधाराहरुले सेचन सेचन गरिएको दृश्य छ । त्यहाँ मुनी पातालेश्वर महादेब विराजमान हुनुहुन्छ । यस सुन सिद्धसंग पबित्र मनले समर्पण सहित कुनै एक मांगलिक भाकल गर्दा मनोकाक्षा पुरा हुन्छ । यस क्षेत्रका भक्तजनहरु गार्इ बस्तुले बच्चा जन्मार्इ पछि दुध चोखा राखेर सुन सिद्ध गुफामा ल्यार्इ दुध धार दिने प्रचलन छ । यहाँ विशेष गरी बैशाख सक्रान्ती ठुलो मेला लाग्छ साथै प्रत्येक शनिबार पिपललार्इ जल चढाउने र बैशाख देखी असार सम्म दिन हेरार्इ पानी माग्ने रुद्री गरीन्छ । अषाढको हरीसयनी एकादशीमा तुलसी रोपण गरी धुमधाम मनार्इन्छ । श्रावण महिनाको हरेक सोमबार विशेष रुद्राभीषेक गरीन्छ । कार्तिकको हरीबोधनी एकादशीमा रामनदीधाममा विशेष मेला लाग्नुका साथै सिद्धगुफामा पनी विशेष कार्यक्रम गरीन्छ । माघे सक्रान्तीमा पनी रामनदीधाममा विशेष मेला लाग्नुका साथै सिद्धगुफामा पनी विशेष खिचडी प्रसाद ग्रहण गरार्इन्छ । शिवरात्रीमा पनी रुद्राभिसेक पाठ पारायण हवन तर्पण भजन कृतन भोज भण्डार गरी भव्य र सव्य रुपमा मनार्इन्छ । हरेक बर्षको फाल्गुन २० गते पितृ मोक्ष दीप प्रज्वलन कार्यक्रम गरीन्छ । यस सिद्धगुफामा परा पुर्वकाल देखी अखण्ड धुनी अखण्ड दीप र प्रत्येक दिन रुद्राभिषेक गरिन्छ । साथै हरेक महिनाको पूर्णिमाको दिन रोट चढाउने चलन चली आएको छ । 

 यस गुफाको महिमा बढदै गएपछि वि स २०१४ सालमा बराङ्गदी नारायणडाँडाँ का तारापूरी महात्मा गुफामा आउनु भएको थियो । उहाँले यस गुफामा मन्दिर बनाउनु भयो । यस गुफा सुधारमा उहाँको ठुलो योगदान रहेको छ । उहाँ २०४१ सालमा ब्रम्हलीन हुनुभएको थियो । वि स २०३१ सालमा टिकाराम अधिकारी आउनु भर्इ यस सुन गुफाको सेवामा लाग्नु भयो । तारापूरी महात्माको ब्रम्हलीन पश्चात वि स २०४१ सालमा उहाँ मुल मठाधिस हुनुभयो र २०५४ सालमा उहाँ आफनै घरमा जानुभयो । वि स २०५४ देखी २०५६ साल सम्म निलकण्ठ भट्टरार्इ मठाधिस हुनुभयो । सोहीक्रममा २०३८ साल देखी नरभुपाल अधिकारी पनी सेवारत रहनु भएको थियो र २०५६ सालदेखी २०६३ सालसम्म मुलमठाधिस को रुपमा बस्नु भएको र २०६३ सालमा नरभुपाल अधिकारी यही गुफामा ब्रम्हलीन हुनुभयो । वि स २०६३ सालदेखी २०६४ सालसम्म शोभाखर भट्टरार्इ मठाधिस हुनुभयो । वि स २०६४ सालदेखी २०८० सम्म मोहिनीलाल बस्याल मुलमठाधिस भएर रहनु भएको छ । 
वि स २०४८ सम्म गुफामा दुङ्गाको लिस्नो बाट चढेर जानु पथर्यो । त्यसपछी समिटी बन्यो । वि स २०५० सालमा गुफा जाने सिढी बन्यो । त्यस पछी विस्तारै यस गुफाको विकास हुदै गएको छ । २०६४ सालदेखी अली फराकीलो तरीकाले क्षेत्र विकास समितिको स्थापना भयो । सोही समितिबाट प्रक्रियागत ढङ्गबाट काम गर्दे जाँदा विधान तयार पारी जिल्ला प्रशासन कार्यलय पाल्पामा दर्ता नम्बर २०१७ \ ०६८  \०६९ दर्ता भर्इ हालसम्म कार्यसमितिको रेखदेखमा काम भर्इरहेको छ । 
यस गुफाको मुनीबाट नेपालकै गौरवको आयोजना कालीगण्डकी कोरीडोर बनीरहेको छ। यस लोकर्मागले निकट भविश्वयमा देवघाटबाट श्री कृष्ण गण्डकीको किनाररै किनार रामनदिधाम रिषेश्वर रुद्रबिनी मयाग्दीको गलेश्वर हुदै मुस्ताङको मुक्तिनाथ सम्म पुग्ने अत्यन्तै धार्मिक महत्व को मार्ग बन्दै गएकोले पनी यस क्षेत्रको महत्व हुने छ । यसै महत्वलार्इ हृदयंगम गरी यस नेपालकै प्रशिद्ध सिद्धभुमी रामनदीधामको सिद्धगुफालार्इ सुव्यवस्थित गर्न धर्मशाला निर्माण अति जरुरी महसुस गरीएकोले नेपालका प्रशिद्ध बाचक चैतन्यकृष्ण प्रभु ज्यु तथा कार्य समितिको अभियान बाट श्री शिबमहापुराण अमृतबर्षा सवा करोड दीप प्रज्वलन पितृमोक्ष महोत्सब वि स २०७१ सम्पन्न भै उक्त अवसरमा प्राप्त दानबाट एक धर्मशाला निर्माणको महत्वपूर्ण आधारशिला बनेको थियो ।हाल यस धर्मशालाको निमार्ण कार्य सम्पन्न भएको  छ। यहाँ करिब ३००० स्क्वायर बर्ग फुट जमिनमा २ तले एक विशाल धर्मशाला पनी बनिरहेको छ । नेपालका प्रखर बक्ता प्रकाश तिवारी ज्युले वि स २०७५ सालको श्रावण महिना भरी १ महिने अखण्ड रुद्राभिषेक गण्डकी आरती साथै कथा प्रवचन गर्नु भएको थियो । हाल यस क्षेत्रको डि पि आर तयार गरिएको छ साथै १०८ गौ मुखी धारा र १०८ शिवलिङ्ग निर्माण कार्य भर्इरहेको छ ।  सो कार्यको लागि प्रकाश तिवारी बाट विशेष पहल भएको थियो । 

 यहाँ कोलकत्ताको हावडा ब्रिजको नमुना जस्तै राम्दी काली गण्डकी माथी सिद्धार्थ राजमार्गमा पुल छ । यस राम नदीको वरीपरी धेरैनै पबित्र धार्मिक तिर्थ स्थलहरु तथा पुन्य क्षेत्र भएकोले यस क्षेत्रलार्इ योगी नरहरी नाथले रामनदी धामको संज्ञा दिर्इ दुर्इ पटक कोटी होम लगायतका विभिन्न यज्ञहरु गर्ने चारधाम लगायत  विभिन्न धार्मिक देबस्थलहरुबाट सिलाहरु  मुर्तिहरु ल्याएर राख्नु भयो । हिन्दु धर्माबलम्बीहरु जसले चारधाम घुम्न जान सक्दैन उ यस रामनदीधाममा आएर चारधामको पुन्य कमाउन सक्ने  बनाउन बिभिन्न महत्वपूर्ण कार्यहरु गर्नु भयो । अहिले यहाँ एक विशाल राधाकृष्ण मन्दिर छ र शिब पञ्चायन मन्दिर छ । यसै मन्दिरको मुनी सुरुङ्ग मार्ग बनार्इ स्थापित बिभिन्न सिला तथा मुर्तिहरु छन । साथै यहाँ रामजनकी मन्दिर भगवती मन्दिर रामानुज आश्रम हनुमान मन्दिर लगायत विभिन्न मन्दिरहरु छन । यहाँ गौसाला छ । यही गौशालामा गौमुत्रको प्रशोधन पनी गरिदै आएको छ । साथै यहाँ एक शिवपार्वती बृद्धाआश्रम सञ्चालीत छ । यहाँ श्री रामनदीधाम सस्कृत गुरुकुलम विद्यालय सञ्चालन भएको छ । यहाँ साँझमा दैनिक काली गण्डकी आरती हुन्छ । 
यसरी रामनदी धामलार्इ धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके यस क्षेत्रको आर्थिक सामाजिक अनुशासित स्तर उन्नती हुनेछ ।

जनप्रतिनिधि

नयाँ सदस्यता लिनुहोस्